प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ १७ जना अनुपस्थित

सहयात्रा टिभी

काठमाडौं । पुस ७, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए ।

 

 

 

प्रकाशित : 22 December, 2022

प्रतिक्रिया दिनुहोस्