देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने

काठमाडौं । पुस १२, निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ ।
आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।
बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ ।
‘बूढानीलकण्ठको घरमा अहिले रिनोभेसनको काम भइरहेको छ । नयाँ घर खोज्ने काम भइरहेको छ । एक दुई वटा घरहरु हेरिएको छ । मर्मत कार्य सम्पन्न हुनका लागि ४ महिनाजति लाग्ने देखिएको भन्दै उनले सो अवधिमा देउवा भाडाको घरमा बस्ने जानकारी दिए ।
निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी नछाडेपछि अन्तिम समयमा आएर माओवादीले एमालेसँग सहकार्य गरेको थियो ।
जसका कारण अप्रत्यासित रुपमा कांग्रेस सत्ताबाहिर पुगेको हो । सत्तामै निरन्तर रहने विश्वासका साथ देउवाले बूढानीलकण्ठको घर मर्मत गर्न लगाएको बताइएको छ ।