जसपा संसदीय दलको नेता चयन गर्न आज मतदान

काठमाडौँ । पुस १३, जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ। निर्वाचन तालिकाअनुसार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ।
१२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ। त्यसपछि दिउँसो २:३० देखि ३:३० बजेसम्म मतदान हुनेछ।
मिथिलेशकुमार सिंहको संयोजकत्वमा रहेको तीन सदस्यीय निर्वाचन समितिले मतरिणाम आजै सार्वजनिक गर्ने बताएको छ।
अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि दलको नेतामा अशोक राई र राजकिशोर यादवले दाबी गरेका छन्। प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।