अध्यक्ष ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । पुस १८, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ । ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ ।