देउवा निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको छलफल

काठमाडौं । पुस २२, नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्दैछ ।
केहीबेरमा सुरू हुने बैठकमा भोलि (शनिबार) बस्ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुनेछ । बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।