प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय

काठमाडौं । पुस २५, सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको सांसद ठाकुर गैरेले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।