मन्त्रिपरिषद्को आकस्मिक बैठक

सहयात्रा टिभी

काठमाडौ । माघ १, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । पोखरामा आज बिहान विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्री प्रचण्डले दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गर्नुभएको हो ।

विमान दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, मातहतका सुरक्षानिकाय तथा सम्पूर्ण निकायलाई निर्देशन समेत दिनुभएको छ ।

काठमाण्डौबाट पोखराका लागि उडेको ६८ यात्रु र ४ जना चालक दलका सदस्य रहेको विमानमा बिहान पोखरामा दुर्घटना भएको छ । अहिले पनि उद्धार कार्य चलिरहेको छ ।

प्रकाशित : 15 January, 2023

प्रतिक्रिया दिनुहोस्