दुर्घटनाग्रस्त विमानमा १० विदेशी यात्रु रहेको सूचना

सहयात्रा टिभी

पोखरा । माघ १, पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जनामध्ये १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाईटी ६९१ विमान ११ बजे पोखरामा दुर्घटना भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार विदेशीहरु पर्यटक रहेको खबर छ । उनीहरु कुन कुन देशका नागरिक हुन् भन्ने खुलिसकेको छैन ।2+

प्रकाशित : 15 January, 2023

प्रतिक्रिया दिनुहोस्