प्रधानमन्त्री प्रचण्ड दुर्घटनाबारे बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौ । माघ १, पोखरामा यति एअरलाइन्सको विमान जहाज दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको छ ।
उहाँले विमानस्थलका अधिकारी, यति एअरलाइन्सका पदाधिकारी, सुरक्षा निकाय लगायतका व्यक्तिसँग दुर्घटनाको जानकारी लिनुहुनेछ ।
६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको छ । अहिले उद्धारको काम चलिरहेको छ ।