कांग्रेस सभापति देउवासँग नेपाल र यादवको भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । माघ ४, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

नेपाल र यादवले धुम्वाराहीस्थित देउवा निवासमै पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । उनिहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरिएको स्रोतले जनाएको छ ।

 

प्रकाशित : 18 January, 2023

प्रतिक्रिया दिनुहोस्