प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता
सहयात्रा टिभी
काठमाडौं । माघ ४, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।

राजदूत पोलिट र प्रधानमन्त्री प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ।


