प्रधानमन्त्री प्रचण्ड र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । माघ ५, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुखको चुनाव, राष्ट्रपति चुनावदेखि गठबन्धनका विषयमा कुराकानी भएको बताइएको छ । पौडेलको सचिवालयले भने विकास निर्माणका विषयमा मात्र छलफल भएको बताएको छ ।