सभामुखमा घिमिरेको शपथग्रहण आज, आजै पदबहाली गर्ने

सहयात्रा टिभी

काठमाडौँ । माघ ६, सभामुखमा देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बिहान ११ बजे राष्ट्रपति कार्यालयमा उनले शपथ लिने कार्यक्रम तय भएको छ ।

शपथग्रहण लगत्तै उनले लैनचौर स्थित सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । उनले आजै मध्यान्ह १२ः३० मा पद बहाली गर्नेछन् ।

बिहीबार मात्र उनी सभामुखमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका दलहरूको साथमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।

प्रकाशित : 20 January, 2023

प्रतिक्रिया दिनुहोस्