‘सेल्फी’ अक्षयकुमार र इमरान हासमी अभिनित ट्रेलर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । माघ ८, अक्षयकुमार र इमरान हासमी स्टारर बलिउड फिल्म ‘सेल्फी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । स्टार स्टुडियोले आफ्नो युट्युब च्यानलमा आइतबार ट्रेलर सार्वजनिक गरेको हो ।

तीन मिनेट लामो भिडियोमा अक्षयलाई ‘सुपरस्टार’ र पुलिस अफिसर इमरान हास्मीलाई उनको ‘सबैभन्दा ठूलो फ्यान’ को रूपमा चित्रण गरिएको छ ।

इमरानले आफू र छोरा ‘नायक’सँग सेल्फी लिन चाहेको र पत्नीको रोलमा रहेकी नुसरत भरुच्चाले यदि अक्षयको विरुद्धमा बोलिन् भने सम्बन्धविच्छेद गर्ने चेतावनी दिने चरित्रको खुलासा पनि ट्रेलरले गरेको छ । तर, एक ड्राइभिङ लाइसेन्सको विषयलाई लिएर यी पात्रबीचको सम्बन्ध खराब बन्छ ।

अक्षयको पात्रले लाइसेन्स कुनै हालतमा निकाल्ने बताएपनि हाश्मीले चाहिँ सामान्य मानिसले जस्तै कागजात लिनुपर्ने बताउँछन् । ट्रेलरमा कमेडी, एक्सनका साथै भावनात्मक दृश्य पनि समावेश छन् ।

 

प्रकाशित : 22 January, 2023

प्रतिक्रिया दिनुहोस्