नेपालको पश्चिमी क्षेत्रमा पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का

सहयात्रा टिभी

काठमाडौँ । माघ १०, नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ । भूकम्पको क्षति बारे विवरण प्राप्त भइसकेको छैन ।

प्रकाशित : 24 January, 2023

प्रतिक्रिया दिनुहोस्