केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सलमानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

सहयात्रा टिभी

एजेन्सी । माघ १२, भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ ।

फिल्मको टिजर शाहरूख खानको फिल्म ‘पठान’ रिलिज भएकै दिन हलमा सार्वजनिक गरिएको हो । बुधबार सार्वजनिक गरिएको १ मिनेट ४३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्य समावेश गरिएको छ ।

फरहाद सम्जी निर्देशित फिल्मको फिल्मको कथावस्तु सलमानले लेखेका हुन् । फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ ।

फिल्ममा सलमानका अलावा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलाको मुख्य भूमिका रहेको छ । सलमानको पछिल्लो फिल्म ‘अन्तिम’ थियो, जुन सन् २०२१ मा रिलिज भएको थियो । फिल्म ‘किसीका भाइ किसीकी जान’ सन् २०२३ को इदमा रिलिज हुनेछ ।

प्रकाशित : 26 January, 2023

प्रतिक्रिया दिनुहोस्