केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वैशाख २१ मा ‘ज्याकी : आईएम ट्वान्टी वान’ रिलिज

सहयात्रा टिभी

काठमाडौ । माघ १२, धीरज मगर स्टारर फिल्म ‘ज्याकी स् आईएम ट्वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ । निर्माण कम्पनी आइकोर फिल्म्सले बिहीबार सरस्वती पूजाको अवसरमा फिल्मको नयाँ नाम सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । ‘यसअघि आईएम ट्वान्टी वान’ भनिए पनि नाममा ‘ज्याकी’ थपिएको छ ।

छायांकन सम्पन्न भइसकेयता आइकोरले औपचारिक रुपमा फिल्मको घोषणा गरेको हो । शीर्ष भूमिकामा मगरकै अभिनय रहनेछ । आइकोरको अघिल्लो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’देखि अभिनय करिअर थालेका धीरजको निर्माण कम्पनीसँग दोस्रो सहकार्य हो ।

रेनशा राई राणा निर्देशित फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ । फिल्मले सपनालाई पछ्याउने तन्नेरीको कथा भन्छ । देखेको सपनालाई पूरा गर्न परिस्थितिले कसरी चुनौती खडा गर्छ भन्ने कथावस्तुमा फिल्म बनेको हो । कोरोना महामारीयता छायांकन भएको यो फिल्मको अहिले पोस्ट प्रोडक्सन भइरहेको छ ।

 

 

प्रकाशित : 26 January, 2023

प्रतिक्रिया दिनुहोस्