केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आर्यन बिनै ‘डिसेम्बर फल्स’ दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा

सहयात्रा टिभी

काठमाडौं । माघ १३, निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन ।

पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत गर्छ । ‘डिसेम्बर फल्स’को पहिलो भागको अन्त्यमा पनि उपासनालाई मात्र चित्रण गर्नु र आर्यनलाई नगर्नुले पनि यो अनुमानलाई बल पुगेको थियो । फिल्मको रिजोलुसनमा उपासनालाई मात्र चित्रण गरिएको थियो ।

फिल्मको पोस्ट–क्रेडिटमा उल्लेख भएअनुसार दोस्रो श्रृंखलाको छायांकन युरोपेली मुलुक चेक रिपब्लिकको प्रागमा चैत महिनादेखि सुरु हुँदैछ । केही दृश्य मात्र नेपालमा गर्ने जनाइएको छ । आगामी जनैपूर्णिमामा फिल्म रिलिजको तयारी छ । फिल्मलाई निर्माता रामप्रसाद रिजालले आफैं वितरण समेत गरेका छन् ।

प्रकाशित : 27 January, 2023

प्रतिक्रिया दिनुहोस्