कैलालीमा लागुऔषधसहित ८ जना पक्राउ

धनगढी । माघ १८, कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेहरुमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेको जानकारी दिए । कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई ४ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, सोही ठाउँका १९ वर्षीय खेम साउदलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको डीएसपी जोशीले बताए ।