काठमाण्डौमा औपचारिक भेट गर्दै मलेसियाका गृह मन्त्री

सहयात्रा टिभी

काठमाडौँ । माघ २० , नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाण्डौ आइपुग्नुभएको छ ।

उच्चस्तरीय टोलीको नेतृत्व गर्दै गए राति काठमाण्डौ आइपुगेका मन्त्री इजमाइलले आज शुक्रवारदेखि औपचारिक भेटवार्ता गर्दै हुनुहुन्छ ।यो भ्रमणका क्रममा नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल केन्द्रित हुनेछ ।

गृह मन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।

मन्त्री इजमाइलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

 

प्रकाशित : 3 February, 2023

प्रतिक्रिया दिनुहोस्