मलेसियाको नयाँ श्रम नीति, श्रमिकलाई सेवा सुविधा र तलब बढाउने प्रतिबद्धता

काठमाडौँ । माघ २०, मलेसियाले नेपाली श्रमिकलाई स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
शुक्रबार काठमाण्डौस्थिती सोल्टी होटलमा भएको भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने, नेपाल र मलेसियाबीच भएको श्रम समझदारी नवीकरण लगायतको विषयमा समेत छलफल भएको श्रम मन्त्री अर्यालले जानकारी दिनुभयो ।
मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको श्रम मन्त्रालयको टोलीसँग भेटवार्ता गर्दै नेपाली श्रमिकलाई ज्यालामा विभेद नगर्ने भन्दै मलेसियाका स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
छलफलपछि मलेसियन गृहमन्त्री फुद्दिन नासुसनले मलेसियाले छिट्टै नयाँ श्रमिक नीति बनाउने र यो नीतिमा श्रमिकको ज्यालामा वृद्ध गरिने बताउनुभएको छ ।