ट्रफिक प्रहरीविरुद्ध सर्लाहीका तरकारी व्यापारी आन्दोलित

सर्लाही । माघ २१, ट्रफिक प्रहरीविरुद्ध सर्लाहीका तरकारी व्यापारी आन्दोलित भएका छन् ।सर्लाही तथा आसपासका जिल्लाका किसानको तरकारी बिक्री गर्ने मुख्य केन्द्रको रुपमा रहेको लालबन्दी तरकारी बजारबाट दैनिक काठमाडाैँको लागि ५–६ वटा ट्रक र पिकअप भ्यान तथा पोखराको लागि ३ वटा पिकअप भ्यान जान नदिएकाे भन्दै ट्रफिक प्रहरीविरुद्ध व्यापारीहरु आन्दोलित भएका हुन् ।
लालाबन्दी तरकारी बजार व्यवस्थापन समितिका बजार व्यवस्थापक शम्भु घिमिरेले दुई वटा बसमा पोखारा तरकारी लैजाने गरेको भए पनि शुक्रबारबाट समस्सया आएको बताए ।
यसरी तरकारी लैजाँदा आफूहरुले तरकारी लोड गरेर लगेको बापत प्रति गाडी ट्रफिक प्रहरीलाइ पैसा बुझाउनु पर्ने भएकाेले समस्या भइरहेका उनले बताए ।
तरकारी लैजाँदा पैसा बुझाउँदा पनि ट्रफिक प्रहरीले तरकारी लैजान नदिएको भन्दै लालबन्दीका तरकारी किसान तथा व्यवसायीहरुले लालबन्दी नगरपालिका वडा नम्बर ७ स्थित तरकारी बजार नजिकैको डुमडुमे पुलमा सिमि, टमाटर, भान्टा लगाएतका तरकारी फ्याँकेका छन् ।
यता ट्रफिक प्रहरी कायलय सर्लाहीका प्रमुख ईश्वर कार्कीले व्यवसायीले लगाएको आरोप निराधार रहेको बताए । बसमा तरकारी लैजाँदा यात्रुहरुलाई समस्या हुने भएकाेले यात्रुबाहक सार्वजनिक यातायतमा माल सामान बेक्न नदिएकाे उनकाे भनाइ छ ।