गोकुल बास्कोटाले भने : रविले निष्फिक्री बोले

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन् ।

मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताए ।

‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ बास्कोटाले भने ।

प्रकाशित : 6 February, 2023

प्रतिक्रिया दिनुहोस्