केन्द्रीय कार्यालय र संगठन विभाग प्रमुखमा जनार्दन र वर्षमान

काठमाडौँ । माघ २६, नेकपा माओवादी केन्द्रले कार्यालय र संगठन विभाग प्रमुखमा जनार्दन र वर्षमान पुरानै कार्यविभाजनलाई कायम राखेको छ । दुवै उपमहासचिव हुन् ।
जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् ।
वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् ।
महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।