पार्टी छाडेका विवेकशील साझाका नेताहरु फेरि सक्रिय

सहयात्रा टिभी

काठमाडौँ । माघ २६, विवेकशील साझा पार्टीको पहिलो महाअधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक प्रस्ताव ल्याएपछि पार्टी छाडेका नेताहरू पनि महाधिवेशनको पूर्वसन्ध्यामा विवेकशील साझामै सक्रिय भएका छन् ।

मिश्रले साउन २०७८ मा संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि तत्कालीन संयोजक मिलन पाण्डेसँगै नेताहरू केशव दाहाल, रञ्जु दर्शना, रमेश पौडेल लगायतले पार्टी छाडेका थिए ।

अहिले आफूहरू पार्टी महाधिवेशनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रूप दिन जुटेको उनले सुनाए । पाण्डेका अनुसार अब संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयमा प्रष्ट धारणा बनाएर अघि बढ्ने तयारी छ ।

नेतृत्व भने सहमतिमा चयन गर्ने भनिएको छ । दस्तावेज लेखन र निर्वाचनको जिम्मा पाएका नेता केशव दाहाल नेतृत्वमा आफ्नो दाबी नरहेको बताउँछन् ।

 

प्रकाशित : 9 February, 2023

प्रतिक्रिया दिनुहोस्