बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

सहयात्रा टिभी

काठमाडौं । माघ २७, फागुन १ गते बागमती प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध थालेको स्मरणमा जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले सार्वजनिक विदा दिन लागेको हो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिने जनाएको छ । यस्तै कर्णाली प्रदेश सरकारले पनि प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउने निर्णय गरेको छ । त्यसका लागि कर्णाली सरकारले विदाको घोषणा गरेको छ ।
२०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको सुरूवात गरेको थियो । २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह सुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।

 

प्रकाशित : 10 February, 2023

प्रतिक्रिया दिनुहोस्