काठमाडौँमा विवेकशील साझाको प्रथम महाधिवेशन सुरू

सहयात्रा टिभी

काठमाडौ । माघ २७, विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौँमा सुरू भएको छ। लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेशन आजबाट सुरू भएको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।

प्रकाशित : 10 February, 2023

प्रतिक्रिया दिनुहोस्