भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको काम सुरू

काठमाडौ । माघ २७, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ -भवन तथा आवास)ले त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सुरू गरेको छ । २ पुस २०७९ देखि १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता अनुसार काम भइरहेको जानकारी प्राप्त भयो ।
आयोजना उपनिर्देशक कर्णका अनुसार भूकम्पले क्षतिग्रस्त पुरानो भवनलाई रेट्रोफिट गर्ने र त्यो अवधिसम्मका लागि भवनमा सञ्चालित कक्षाहरु अस्थायी ‘प्रि–फ्याब’ कोठाहरु बनाएर सार्ने तयारी भइरहेको छ ।
रानीपोखरीको डिलमा अस्थायी प्रि–फ्याब कोठाहरु बनाउने कार्य पनि सुरू भइसकेको स्रोतले जनाएको छ ।