त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तु फिल्म ‘प्रेमा’को टिजर

सहयात्रा टिभी

काठमाडौ । माघ २७, चैत १७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमा’को रोमान्टिक टिजर सार्वजनिक भएको छ । कथावस्तुअघि बढ्दै जाँदा यी दुई चरित्रमा सृष्टिको प्रवेश हुन्छ ।

‘महापुरुष’ फेम्ड अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मको टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तुलाई चित्रण गर्छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर अरुण र शुभेच्छाको प्रेम सम्बन्धसँगै थालनी हुन्छ । सम्भवतः दुईबीचको प्रेममा हुने तेस्रो व्यक्तिको प्रवेशको कथावस्तुमा फिल्मले फन्को मारेको छ ।

फिल्ममा बिमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बाँस्तोला लगायतको पनि अभिनय छ । विवेक घिमिरे र निर्देशक समेत रहेका भण्डारीको निर्देशन रहेको छ ।

 

प्रकाशित : 10 February, 2023

प्रतिक्रिया दिनुहोस्