राष्ट्रपति भण्डारीले प्रतिभा विदेश पलायलन रोक्न आग्रह

काठमाडौ । माघ २७, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह गरेकी छिन् ।
शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै रोजगारीको व्यवस्था गर्न आग्रह गरेकी छिन् ।
उनले सरकारले पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र गुणस्तरको अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण र सहज पहुँचको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।
उनले नेपालको मौलिक सांस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसार गरी पुनर्जागरणका लागि नेपाल सरकारको ध्यान जानेमा आफूले विश्वास लिएको बताइन् ।
प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिइन् । दैनिक रुपमा भइरहेको प्रतिभा पलायन रोक्न आर्थिक सामाजिक र पूर्वाधार विकासमा निगरानी बढाउनुपर्नेमा जोड दिइन् ।