अर्घाखाँचीमा ट्याक्टर दुर्घटनामा एककाे मृत्यु, दुई घाइते

अर्घाखाँची । माघ २८, पाणिनी गाउँपालिका-८ पाली गाउँमा ट्याक्टर दुर्घटनामा परी एक जनाकाे मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
गाउँमा दाउरा लिन जाने क्रममा लु २ त ९२७१ नम्बर ट्याक्टर ब्रेक फेल हुँदा दुर्घटना भएको स्थानीयहरूले बताएका छन् । दुर्घटनामा पाली गाउँका १८ वर्षीय हुमबहादुर कुमालकाे मृत्यु भएको हो ।
चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शंकर बहादुर कुमाल घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा सख्त घाइते भएका हुमबहादुरकाे अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे । घाइते चामबहादुर र शंकर बहादुरको उपचार भइरहेकाे छ । ट्याक्टर सडकदेखि करिब डेढ सय मिटर तल खसेको थियो ।