राष्ट्रपति कार्यालयमा रात्रीभोज

काठमाडाैं । माघ २८, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न रात्रीभोजको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री, सरकारका मन्त्री, संघीय संसदका दुवै सदनका सांसद, संवैधानिक आयोगका पदाधिकारी लगायतलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि देशमा ७ वर्ष राष्ट्रपतिको रुपमा भूमिका निभाएकि छिन् । आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । कार्यकाल सकिने बेलामा राष्ट्रपति भण्डारीले रात्रिभोजको कार्यक्रम आयोजना गरिएको हो ।