प्रदेश १ को प्रदेशसभा बैठक आज बस्ने

सहयात्रा टिभी

विराटनगर । फागुन ३, प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको थियो ।

 

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्