पाठ्यक्रम विकास केन्द्रले १३ वटा निजी छापाखाना छनौट

सहयात्रा टिभी

काठमाडौ । फाल्गुन ४, कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाई तथा बिक्री वितरण गर्नका लागि १३ वटा निजी छापाखाना छनौटमा परेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८० का लागि कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी बिक्री वितरण गर्नका लागि १३ वटा फर्मरसंस्थाहरू छनोट गरेको हो ।

उनीहरूलाई केन्द्रले पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम २०८० का लागि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिएको हो ।

त्यसका लागि ७ माघमा १५ दिने सूचना जारी गरेको थियो । आवेदन दिएका छापाखानाहरूमध्ये केन्द्रका महानिर्देशकको निर्णय अनुसार छनोट गरिएको हो ।

छनौटमा परेका फर्मरसंस्थाहरूलाई सात दिनभित्रमा धरौटी र राजश्व जम्मा गरेर छपाइको अनुमति लिन केन्द्रले अनुरोध गरेको छ । नवीकरण फर्मरसंस्थाले विगत वर्षमा जम्मा गरेको अद्यावधिक धरौटी भौचरको प्रमाणित प्रतिलिपि समेत केन्द्रमा पेस गर्नुपर्नेछ ।

 

प्रकाशित : 16 February, 2023

प्रतिक्रिया दिनुहोस्