ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

स्याङ्जा । फाल्गुन ८, स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापाकोटबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नं को ट्याक्टर गएराती वालिङ-६, आम्डालीमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका चालक चापाकोट-६, धुर्कोटका नविन सु्नारको गह्रौ ध्याङलिङ अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै वालिङ-८, का १२ वर्षीय सविन सुनारको गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । सख्त घाईते सुनारलाई गह्रौ ध्याङलिङ अस्पताल वालिङमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा पठाइएको थियो ।