रास्वपाका सभापति रवि र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । फागुन ८, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको जानकारी प्राप्त भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको जानकारी प्राप्त भएको छ ।
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।
राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा पनि छलफल भएको ती नेताले बताए । लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि उनी नेतृत्वको पार्टी सरकारबाट बाहिरिसकेको छ । यद्यपि सरकारलाई भने रास्वपाले समर्थन कायमै राखेको छ ।