राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने

सहयात्रा टिभी

काठमाडौं । फागुन १४, राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो ।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए ।

 

प्रकाशित : 26 February, 2023

प्रतिक्रिया दिनुहोस्