केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मछिन्द्रलाई केपी ओली कपको उपाधि

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टीमा ५-३ ले हराउँदै मछिन्द्रले पहिलो संस्करणको केपी ओली कपको उपाधि जितेको हो ।

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मछिन्द्रले बाजी मार्‍यो ।

पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे । सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

पेनाल्टी अघि खेलको पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली एफसीसहित ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी ओली एफसीलाई हराएको थियो । सातदोबाटोलले आर्मीलाई हराएको थियो ।

प्रकाशित : 1 March, 2023

प्रतिक्रिया दिनुहोस्