केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग एमाले नेताहरुको भट

सहयात्रा टिभी

काठमाडौं । फागुन १८ , नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ । एकीकृत समाजवादीका एक नेताले राष्ट्रपति निर्वाचनमा भोट माग्न एमाले नेताहरु पार्टी कार्यालय आएको बताए ।

 

प्रकाशित : 2 March, 2023

प्रतिक्रिया दिनुहोस्