अनमोल केसीको २.० छड्के र छक्का पञ्जा ४ आजदेखि प्रदर्शनमा
सहयात्रा टिभी
काठमाडौँ । फागुन १९, आजदेखि हलमा दुई नेपाली चलचित्र २.० छड्के र छक्का पञ्जा ४ प्रदर्शनमा आएका छन् । यी दुवै सिक्ववेल मुभीु हुन् ।
दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ र अनमोल केसी अभिनित २.० छड्के आजदेखि प्रदर्शनमा आएका हुन् ।
छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहेको छ ।
त्यस्तै, प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माणमा रहेको २.० छड्केलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । २.० छड्केमा मुख्य कलाकार अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।