माधव नेपालका भाइ सरोजको ६ तलामाथिबाट खसेर निधन

काठमाडौं । फागुन २०, एकीकृत समाजवादी अध्यक्ष माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको ६ तलामाथिबाट खसेर निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीको नेतासमेत हुन् ।
उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।
त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।