उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता गर्न नपाईने

सहयात्रा टिभी

काठमाडौँ । फागुन २६, निर्वाचन आयोगले चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा पुरूषको उम्मेदवारी दर्ता नगर्न भनेको छ । आयोगले उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको हो।

शुक्रबार बसेको आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ। उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

प्रकाशित : 10 March, 2023

प्रतिक्रिया दिनुहोस्