चितवन क्षेत्र नं. २ मा उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता

सहयात्रा टिभी

काठमाडौँ । फागुन ३०, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फर्जी नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

रवि लामिछाने सो पार्टीबाट उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला ठूला दल कांग्रेस र एमालेबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ ।

दुईपटकसम्म क्षेत्र नं. २ बाट जितेका र गत निर्वाचनमा रविसँग पराजित भएका एमाले नेता कृष्णभक्त पोखरेल यसपटक उम्मेदवार बन्न इच्छुक छैनन् । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता हुँदै छ ।

प्रकाशित : 14 March, 2023

प्रतिक्रिया दिनुहोस्