सङ्घीय मन्त्रालय तथा संवैधानिक आयोग र निकायका सबै कर्मचारीको विवरण माग

काठमाडौं । चैत १ , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय मन्त्रालय तथा संवैधानिक आयोग र निकायसँग कर्मचारीको विवरण माग गरेको जनाएको छ ।
मन्त्रालयले परिपत्र जारी गरी सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन भनेको हो । मन्त्रालयले पद, श्रेणी, सेवारसमूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवालगायतको विवरण माग गरेको हो ।