केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनमा धेरैभन्दा धेरै नेपाली फिल्म आयात गर्न चाहन्छौं : चिनियाँ राजदूत सोङ

सहयात्रा टिभी

काठमाडौँ । चैत ३, चीनले नेपाली फिल्मलाई स्वागत गर्न आफू तयार रहेको र धेरैभन्दा धेरै नेपाली फिल्म आयात गर्न चाहेको जनाएको छ ।

 

काठमाडौंमा सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा बोल्दै चिनियाँ राजदूत छन सोङले आफ्नो मुलुकले धेरैभन्दा धेरै नेपाली फिल्मलाई आयात गर्न तयार रहेको बताए ।

राजदूत सोङले भने, ‘चीन धेरैभन्दा धेरै नेपाली फिल्म आयात गर्न चाहन्छ । मलाई लाग्छ, फिल्ममा चीन र नेपालको साझेदारीले दुई मुलुकका जनताको सम्बन्ध थप निकट र प्रगाढ बन्नेछ । ’ चिनियाँ बक्सअफिसमा यसवर्ष उच्च कमाइ गरेको ‘द वान्डरिङ अर्थ २’को उदाहरण दिँदै चीनले नेपालबाट यस्तै ब्लकबस्टर फिल्मको अपेक्षा गरेको बताए ।

फिल्म नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान र मित्रताको पुल बन्नसक्ने उनले बताए । निफ नेपालको रोड फिल्म फेस्टिभलको पहिलो र एक्लो सदस्य भएको समेत राजदूतको भनाई छ । निफको प्रतिस्पर्धामा रहेका फिल्मलाई उनले शुभकामना समेत दिए ।

छैटौं निफमा बेइजिङ फिल्म एकेडेमेकी प्राध्यापक ली रान जुरी प्रमुख छिन् । उद्घाटन समारोहमा प्राध्यापक लीले नेपाल र चीनबीचको सम्बन्धमा फिल्म महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन् । चैत २ गतेदेखि सुरु भएको निफ ६ गतेसम्म क्यूएफएक्स सिनेमा र पर्यटन बोर्डमा चल्नेछ ।

प्रकाशित : 17 March, 2023

प्रतिक्रिया दिनुहोस्