केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हरिवंश आचार्यले ‘कर्कलो कोक्याउला’ पछि ल्याए नया गीत ‘काउली’

सहयात्रा टिभी

काठमाडौँ । चैत ३, अभिनेता तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्धको सन्देशसहित नयाँ गीत ‘काउली’ दर्शकमाझ ल्याएका छन् ।

आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको समेत आवाज छ । भिडियोमा  आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् ।

गीतको भिडियोमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ । भिडियो निर्देशन सरोज ओलीले गरेका छन् । हरिवंशका अनुसार उनले यो गीत निर्देशक ओलीकै वैवाहिक वर्षगाँठमा लेखेका हुन् ।

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे व्रतबन्धतिर उफ्रीउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शक पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने । गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले नृत्य निर्देशन गरेका हुन् ।

हरिवंशले यसअघि पनि चेलीबेटी बेचबिखनविरुद्धकै सन्देशमा आधारित ‘कर्कलो कोक्याउला’ गीत ल्याएका थिए ।

 

 

प्रकाशित : 17 March, 2023

प्रतिक्रिया दिनुहोस्