केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शीतलनिवासमा राष्ट्रपतिद्वारा सांसदहरुलाई आज चियापान

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरुलाई भेटघाटको लागि भन्दै आज शीतलनिवासमा निम्तो दिएका छन् । राष्ट्रपति पौडेलले संघ तथा प्रदेशका सांसदहरुलाई भेटघाटका आज शनिबार बिहान ९ बजे बोलाएका छन् ।

पौडेलले आफूलाई राष्ट्रपतिमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्न सांसदहरुलाई भेटघाटको लागि शीतलनिवासमा चियापानको लागि निम्तो दिएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाटका लागि बोलाएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि काठमाडौँ आएका सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा रहेका छन् । हिजो शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित भईसकेका छन् ।

प्रकाशित : 18 March, 2023

प्रतिक्रिया दिनुहोस्