केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुर्खेत उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि बीचबाटै काठमाडौं फर्कियो

सहयात्रा टिभी

काठमाडौँ । चैत्र ४, सुर्खेतका लागि उडेको बुद्धको जहाज प्राविधिक समस्या देखिएपछि ३२ मिनेटमै काठमाडौं फर्किएको छ । शनिबार बिहान त्रिभुवन विमानस्थलबाट ८ बजेर १६ मिनेटमा उडेको बुद्धको ९ एन–एएमडी कलसाइन भएको जहाजको इन्डिकेटरमा प्राविधिक समस्याको संकेत देखिएपछि ८ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको त्रिभुवन विमानस्थलका एक अधिकारीले बताए ।

बुद्ध एयरका अधिकारीहरुले भने गतिबारे जानकारी दिने यन्त्र स्पिडोमिटरमा समस्या देखिएपछि जहाज फर्काइएको बताएका छन् । जहाजमा ६२ जना सवार थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त जहाज र चालक दललाई तत्कालका लागि ग्राउन्डेड गर्न पत्राचार गरेको छ । बुद्धले जहाजको समस्या जाँच गरी मर्मत सम्भार गरेर मात्र उडाउने बताएको छ । उक्त जहाजका यात्रुहरूलाई बुद्धले १० बजेर १६ मिनेटमा अर्को जहाजमा राखेर सुर्खेत पठाएको जनाएको छ ।

यसअघि गत फागुन अन्तिम साता श्री एयरलाइन्सको जहाजमा पनि प्राविधिक समस्या देखिएपछि श्रीका सबै जहाजहरू ग्राउन्डेड गरी अनुसन्धान थालिएको थियो ।

प्रकाशित : 18 March, 2023

प्रतिक्रिया दिनुहोस्