केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सञ्चारमन्त्री शर्मा रोष्ट्रममा गएपछि एमालेले खोज्यो प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौँ । चैत ५, प्रतिपक्षी बेन्चमा बसेको दिन नै नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी गरेको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । तर संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले संसदमा सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्री आफैले ती विषयमा जवाफ दिनुपर्ने र विधेयक पनि प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताए ।

उनले यो विषयमा सभामुखबाट रुलिङ गर्न पनि माग गरे । तर सभामुख देवराज घिमिरेले सञ्चारमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्ने अनुमति दिए ।

 

 

प्रकाशित : 19 March, 2023

प्रतिक्रिया दिनुहोस्