केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तिम दिन हास्यव्यंग्य विषयमाथि बहस

सहयात्रा टिभी

काठमाडौँ । चैत ७, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तिम दिन सोमबार ‘हास्यव्यंग्यले हौसिएको नेपाली सिनेमा’ विषयमाथि बहस भएको छ ।

पर्यटन बोर्डको हलमा भएको छलफल सत्रमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यंग्य अभिनेता मनोज गजुरेल, समालोचक डा. बिन्दु शर्मा र निर्देशक प्रदीप भट्टराई सहभागी रहे ।

हास्य अभिनेता गजुरेलले हास्यव्यंग्य हिसाबको सूत्र नभएको बताए । अधिकांशले बाहिरी हाँसो हँसाउने तर आफूले भित्रैदेखि हँसाउन प्रयास गर्ने उनले बताए ।

‘पहिला म विद्यार्थी संगठनमा हुँदा त्यही संगठनको पक्ष र विपक्षमा रहेकालाई हास्यव्यंग्य गर्दथे । त्यसो गर्दा तररर ताली बज्थ्यो । त्यही भएर मलाई हास्यव्यंग्य भनेको नै त्यही हो जस्तो लाग्थ्यो,’ उनले विगत सम्झिए ।

अभिनेता अभिनेत्रीको अगाडि हास्यव्यंग्य कलाकारलाई कमेडियन भनेर सम्बोधन गर्दा पनि आफूलाई बेठीक नलाग्ने गजुरेलको टिप्पणी छ ।

सिस्नुपानी नेपालका अध्यक्ष गाम्नागेलाई लाग्छ नेताहरुले जति खराब कुरा गर्छन्, त्यति नै व्यंग्यको खुराक बन्छन् ।

फिल्म निर्देशक प्रदीप भट्टराई पछिल्लो समय नेपाली बक्स अफिसमा हास्यव्यंग्य विधाका फिल्मको कमाइ राम्रो रहेको बताउँछन् ।

प्रकाशित : 21 March, 2023

प्रतिक्रिया दिनुहोस्